काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू–भागका केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । महाशाखाले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सा’मान्य प्रभाव रहेको जानएको छ ।
आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक स’तर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र च’ट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार पनि देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र च’ट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र च’ट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।










