वीरगन्ज । पर्सामा थप एक जना कोरोना सं’क्रमितको मृ’त्यु भएको छ । गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय महिलाको शनिबार बेलुका मृ’त्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना सं’क्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।
स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका साढे ७ बजे मृ’त्यु भएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा २९ जना कोरोना सं’क्रमितको मृ’त्यु भएको छ ।








