पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
आजसम्म १८ हजार ६ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आज २८१ जना संक्रमणमुक्त भएको डा . गौतमले जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेनमा छन्। आइतबार ३ हजार ९४३ होम आइसेलनमा छन्








