नेपाल महिला संघकी संस्थापक अध्यक्ष एंव नेपाल प्रजातान्त्रीक आन्दोलनकी अग्रणी महिला मंगलादेवि सिंहको २४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपाल महिला संघले कांग्रेसका पूर्व महामन्त्री एंव मंगलादेविक पुत्र प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा वर्तमान अवस्थामा महिलाका चुनौतीहरू र नेपाली काग्रेसको विधान विषयक भर्चुअल अन्तरक्रियाको आयोजना गर्दैछ ।
नेपालको बहुदलीय लोकतान्त्रिक आन्दोलनको क्रममा जेल, प्रवास र अनेकौ दुस्ख, कष्ट र यातना भोगेर पनि निरन्तर लोकतान्त्रिक आन्दोलनमा होमिनुभएकी मंगला देवि सिह ले २००४ सालमा नेपाल महिला संघको सस्थापन गरि महिला मुक्ति आन्दोलन को नेतृत्व गरेकी थिइन् ।
मंगलादेवि सिंहले नेपाली काग्रेसको आन्दोलन, महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागी नेपालको महिला आन्दोलनका ऐतिहासिक नेतृत्व प्रदान गरेकी थिइन् । मंगलादेविलाई समाज परिवर्तनका लागि प्रतिकुल परिस्थितिमा पनि धैर्य र साहसका साथ आाफूलाई उभ्याउन सक्ने आम नेपाली महिलाका लागि प्रेरणाको स्रोतका रुपमा लिने गरिन्छ ।
नेपालको प्रजातान्त्रीक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहकी धर्मपन्ती भएर सिंगो परिवारलाई नेपालको प्रजातान्त्रीक आन्दोलनमा लगाउने उनको निधन ०५३ भाद्र १० गते भएको हो ।








