पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
१३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ्
यसै बिच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा ३०१ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जाेगेश्वर गौतमले जानकारी दिएका हुन्।
काठमाडौंमा २३०, ललितपुरमा २४ र भक्तपुरमा ४७ क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ। त्यसैगरी, काठमाडौंमा ३ हजार १८५, ललितपुरको ४८७ र भक्तपुरमा ३४७ संक्रमित पुगेका छन्
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।








