नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमका अनुसार दुई महिला र नौं पुरुषको मृत्यु भएको हो । यो अहिलेसम्म एकै दिन दोस्रोपटक थपिएको सर्वाधिक मृतक संख्या हो । भदौमै यसअघि ११ जना मृतक संख्या थपिएका थिए ।
आज मृतक थपिएसँगै कुल मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३५ पुरुष र ४० महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् ।








