विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख ३० हजार सात सय १९ पुगेको छ ।
त्यस्तै,विहिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख २९ हजार ६ सय १९ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६८ लाख ७२ हजार चार सय ९७ नाघेको छ ।
गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।
त्यस्तै, आज विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म १९ हजार पाँच सय चार जनाले कोरोना जितेका छन भने एक सय ७५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।बुधबार मात्रै नेपालमा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।










