नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आथ थपिएकासँगै कुल मृतक संख्या एक सय ८३ पुगेको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा पाँच महिला र तीन पुरुष छन् । मृतकमध्ये अधिकांश ६० वर्ष माथिका छन् ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३८ पुरुष र ४५ महिला छन् । अहिलेसम्म कुल संक्रमितमध्ये ० ।५२ प्रतिशतको मृत्यु भइसकेको छ । दिनहुँ मृतकको दर बढ्दै गएको छ ।








