पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ९ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ।जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले बताएका छन्।
आजसम्म २० हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १६९ जना संक्रमणमुक्त भएको डा . गौतमले जानकारी दिए ।








