काठमाडौं उपत्यकामा १८६ सहित ८ सय ८४ जना संक्रिमत थपिए



पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ सय ८४ जना संक्रमित थपिएका छन् । आज २ सय ४२ महिला र ६ सय ४२ गरी ८ सय ८४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

यसै बिच पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्

आज थपिएकासँगै कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ । दैनिक एक हजारभन्दा बढी या आसपासको संख्यामा संक्रमित थपिइरहेका छन् ।

प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार  ११ : १७ बजे