वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्ति कोरोनामुक्त



मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महा बाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।

गत अगस्त ७ दिन आफू दम्पत्तिलाई कोभिड–१९ भएको सार्वजनिक गरेका थिए । उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो समस्या कसैमा देखिएको छ भने लाज नमानीकन कोरोनालाई गोप्य नराखी समुदायलाई सुसूचित गर्न समेत अनुरोध गरेका थिए

साथै, महाबाणिज्यदूत महतले आफ्नै कोठामा एकान्तवास छोरा डा।सरगम महतको निरिक्षण र निगरानीमा बसेको समेत जानकारी गराएका थिए ।

गत अगस्त ७ मा महतले आफू र आफ्नी जीवन संगिनी कोरोनाबाट अछुतो हुन् नसकेको भनि सार्वजनिक गर्दा बिश्वभरिबाट उहाहरुलाई शिघ्र स्वास्थ्यलाभ र हौशला गर्ने प्रकारका सन्देशहरु हजारौ हजार आएका थिए ।

नेपाली समुदायका हरेक संचार माध्यममा प्रकाशित भएका समाचार मार्फत उहाहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

ठिक त्यसै गरि दम्पत्तिले कोरोनालाई जिते पछि गत अगस्त २८ शुक्रबारका दिन बिहान कोरोनाबाट मुक्त भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार  ३ : ५० बजे