युवा जागरण अभियानद्वारा सुदुरपश्चिम प्रदेशका जिल्ला संयाेजक चयन



युवा जागरण( सजगता ) अभियानले सुदुरपश्चिम प्रदेशका जिल्ला संयाेजकहरु चयन गरेको छ । अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेलले आज एक बिज्ञप्ति जारि गर्दै जिल्ला संयोजक चयन गरेको जानकारी गराएका हुन् ।

केही दिन पहिले मात्रै अभियानले सुदुरपश्चिम प्रदेश संयोजकमा ई ।भुवन भट्ट लाई चयन गरेको थियो।

युवा सजगताअभियानले देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ ।

युवा जागरण ( सजगता) अभियान कंचनपुर जिल्लाको जिल्लाको संयोजक शंकर उपाध्याय,डोटीमा बम बहादुर कठायत,कैलाली रघुराज उपाध्याय,डडेल्धुरा सोहन गौराल,बैतडी मोहनसिंह बिष्ट ,बझाङ भरत भण्डारी,बाजुरा हिरेन्द्र बहादुर रोकाया र अछाम जिल्लाको संयोजकमा सुशील भण्डारी चयन भएकाहुन् ।

प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार  १० : ३४ बजे