पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
यसैबिच पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
शनिबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
देशभर संक्रिय संक्रमितको सख्या १७ हजार ५ सय १८ रहेको छ । आज अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या थपिएको हो । योसँगै अवस्था झन् भयावह हुने देखिएको छ ।
आजसम्म २० हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन्








