काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।
यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइने बताइएको छ ।
कोरोना सङ्क्रमण रोक्न निशेधाज्ञा गरिदा जनजिबनमा असार परेकोले निशेधाज्ञा थप लम्ब्याउन नहुने आम नागरिकहरुको माग भए पनि सरकारले पुन: निशेधाज्ञालाई निरन्तरता दिएको छ ।








