पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय २८ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रिमत थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका हुन्।
आजसम्म २४ हजार २ सय ७ जना संक्रमणमुक्त भएका छन् । आज ९१७ जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।








