अर्थमन्त्री डा . युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बिझाएका छन् ।
त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् ।
वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको लागि उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमको नाम सिफारिश गर्ने निर्णय गरे पछी उनले राजिनामा दिएको बताइएको छ ।
गौतम राष्ट्रियसभामा मनोनित हुने भएपछि खतिवडाले आज राजीनामा दिएका हुन् ।








