काठमाडौं उपत्यकामा ४०८ जना सहित १ हजार ४१ कोरोना संक्रिमत थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ४१ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तेसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ४५ र भक्तपुरमा ३७ संक्रमित थपिएका हुन्।

आजसम्म २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन् । आज १५ सय ६६ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार  १० : ४७ बजे