मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गिरफ्तार भएकाहरुको रिहाई गर्न माग गर्दै ललितपुर जिल्ला प्रशासन घेराउ



रातो मच्छिन्द्रनाथको रथ यात्रा गर्ने क्रममा गिरफ्तार भएकाहरुलाई रिहाई गर्न माग गर्दै ललितपुर जिल्ला प्रशासनमा स्थानीयहरुले धर्ना दिएका छन् । उनीहरु निषेधाज्ञा तोड्दै धर्नामा बसेका हुन् । प्रहरी प्रशासनले पाँच जनाभन्दा बढी बस्न पाईदैन भन्दै धर्नामा बसेकाहरुलाई तितरवितर पारेको छ ।

विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।

प्रकाशित मिति : भदौ २२, २०७७ सोमबार  ९ : ५४ बजे