पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ सय ७९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रिमत थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ५ सय ८१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका हुन्।
आजसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आज १७ सय ३६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।








