नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
उनले दिएको स्वाबको नमूनाको पोजेटिभ रिपोर्ट मंगलबार आएको र यसमा आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्।
‘आज गरिएकाे परीक्षणका क्रममा मलाई काेराेना संक्रमण पुष्टि भएकाे छ। हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन,’ उनले भनेका छन्।
चिकित्सककाे सल्लाहअनुसार हाल हाेम आइसाेलेसनमा बसेकाे समेत उनले जानकारी दिएका छन्।
आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन। चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसनमा बसेकाे छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुराेध गर्दछु।
जय नेपाल
— Dr Shashank Koirala (@DrShashankKoir1) September 8, 2020










