कांग्रेस महामन्त्री डा शशांक कोइरालाले आज परेको १०७ औं “विपी जयन्तीको” अवसरमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी ब्यक्तित्व महामानव बिश्वेश्वर प्रसाद कोईरालाप्रती हार्दिक श्रद्धासुमन अर्पण गरेका छन ।कोइरालाले बिपिलाई राजनेताको रुपमा स्मरण गर्दै विपी कोईराला नेपाली साहित्यको फरक बिम्ब र बहुआयामिक व्यत्तित्वका धनि भएको उल्लेख गरेका छन ।
बिपिले सधै नैतिकतालाई राजनितिमा पहिलो अनिवार्य योग्यताकारूपमा लिने गरेको उल्लेख गर्दै महामन्त्री कोइरालाले सदैव आफु भन्दा पार्टी र पार्टी भन्दा देशलाई महत्व दिने संस्कारको विकास गरेर बिपिले सदाका लागी उदाहरणिय काम गरेको बताएका छन ।
। राष्ट्र हित चाहनेहरु एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै प्रजातान्त्रिक समाजवादको माध्यमबाट नेपाल र नेपालीको हित निमित्त गम्भिरताका साथ अघि बढ्न सके मात्रै बिपी प्रती सच्चा श्रद्दान्जली हुने पनि कोइरालाले उल्लेख गरेका छन ।
यसै बिच नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कारण बिपी कोइराला सदैब स्मरणिय रहेका छन ।
राजनितिलाई जनता सग जोड्ने प्रजातान्त्रीक समाजबाद मार्फत समाज र राजनितिको सहज र नबिन परिभाशामार्फत जनचेतना जगाएर बिपी कोइरालाले तत्कालिन समयमा नयाँ राजनितिक लहर ल्याएका थिए ।नेपालमा राणा शासन अन्त गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका थिए ।
आज परेको बिपी जयन्तीका अवसरमा काँग्रेस, भ्रातृ एवम् शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न आह्वान गरिएको छ ।








