नेपाल तरुण दलले बीपी जयन्तीको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो ।
दलले पाटन अस्पतालको हाडजोर्नी विभागलाई एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड र वीर अस्पतालको नाक, कान, घाँटी विभागलाई हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड हस्तान्तरण गरेको हो ।
जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै बीपी जयन्तीको अवसरमा स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।








