प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सकिएको छ ।
बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ ।
बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।
नेकपाको बैठक असार १० देखि जारी थियो ।शुक्रबारको बैठकपछि बालुवाटारमा उपस्थित पत्रकारहरुलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अन्त्य भएको जानकारी दिए।








