सिन्धुपाल्चोकमा जोखिमका बस्ती सारौं :कांग्रेस सभापति देउवा



नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका छन्

प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार  १० : १९ बजे