पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११ सय ७० जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ५५ हजार ३ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।
तेसैगरी पछिल्लो २४ घन्टायता काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन्। योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।
आजसम्म ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् । आज ८७९ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।








