लामो दुरीको यातायात र होटेल असोज १ देखिनै खुल्ने



आगामी  असोज १ गतेदेखि नै लामो दुरीको यातायात सञ्चालनमा आउने भएको छ ।

तेस्तै सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको  सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्री  ज्ञवालीले जानकारी दिए ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ

प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार  १२ : ५७ बजे