नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङलाई पुना नियुक्तिको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै कुलामाअनको समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामा माईतीघरबाट प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो
घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा समेत प्रहार गरेको थियो।
उनकाअनुसार काठमाडौंका सिडिओको आदेशअनुसार नै प्रहरीले माईतीघरमा कुनैपनि किसिमको भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न नदिनको लागि यस्तो कदम चालेको हो । प्रहरीले माईकिङ गर्दै भेला नहुन आग्रह गरिरहेको छ । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै आज विहानमात्रै काठमाडौंको जोरपाटी र बालाजुमा पनि प्रदर्शन भएको थियो । माईतीघरको प्रदर्शनमा पूर्व प्रधानसेनापति रुकमांगत कटुवाललगायतका व्यक्तिहरु सहभागी हुने बताईएको छ ।








