थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि ,५९ हजार नाघे संक्रमित



पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका र यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले बताए ।

 

प्रकाशित मिति : आश्विन १, २०७७ बिहिबार  १० : ५३ बजे