पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ ललितपुरमा ५० र भक्तपुरमा ६१ जना गरी जम्मा ६१८ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार ३ सय ७९ पुगेको छ।








