अहिलेसम्मकै सर्वाधिक २०२० जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार २० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

आजसम्म ४३ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् ।

आज ८७१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १० : ४७ बजे