काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा बस्ने भएको छ । सचिवालय बैठक आइतबार विहान ११ बजे पेरिसडाँडामा बस्ने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे समेत छलफल हुने कार्यक्रम तय भएको हो ।
यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आइतबारका लागि सारिएको थियो ।








