आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी बर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ।

महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।

महाशाखाले हाल देशभर सामान्य बदली रहेको छ भने प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरिको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  २ : ३९ बजे