कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले राज्य असफल : नेत्रविक्रम चन्द ‘विप्लव’



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले राज्यको असफलता पुष्टि गरेको जनाएको छ।

आईतबार एक विज्ञप्ति प्रकाशित गर्दै विप्लवले असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्य व्यवस्थाको परिवर्तन नै मुख्य भएको दाबी गरेका छन्।

अहिलेको पुँजीवादी व्यवस्था परिवर्तन गर्न अग्रगामी, प्रगतिशिल, जनवादी देशभक्त र लोकतान्त्तिक शक्तिहरु एकजुट हुनुपर्ने विप्लवकोे भनाइ छ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  ५ : ३४ बजे