पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११ सय ५४ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ६५ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए हुन् ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ९० पुगेको छ।
आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ५ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।