काठमाडौं उपत्यकामा ६७४ सहित ११ सय ५४ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११ सय ५४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ६५ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए हुन् ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ९० पुगेको छ।

आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ५ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  १२ : ३२ बजे