सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
सचिवालय बैठक स्थगित् गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ओली–दाहाल भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच आज भेटवार्ता भएको जनाए । उनले अध्यक्षद्धयबीच पार्टीको सचिवालय बैठकमा उठेका विषयमा केन्द्रित रहेर छलफल भएको पनि स्पष्ट पारे ।








