नेकपाको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपाको सचिवालय बैठक बस्ने भएको छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

आजको बैठकमा भने संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा रहेको स्रोतले बतायो ।

यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  ३ : १७ बजे