संविधानप्रदत्त अधिकारमा सरकारस्को हस्तक्षेप अस्विकार्य : कांग्रेस



गुल्मीका स्थानीय नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले दुर्व्यवहार गरेको कांग्रेसले जनाएको छ।

स्थानीय मुद्धामा जिल्ला प्रशासनमा कार्यालयमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरीले बल प्रयोग गरी जिल्ला सभापति भुवन श्रेष्ठलाई दुर्व्यवहार भएको जनाइएको छ।

‘कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दूरी कायम गर्दै निकालिएको र्‍याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्वसहित पार्टी कार्यकर्तालाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकियो।’ प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ। प्रदेश क्षेत्रीय सभापति पूर्ण के।सी। लगायतका अन्य कार्यकर्ता घाइते भएको बताइएको छ।

शान्तिपूर्ण प्रदर्शन, विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्न अवरोध गरेको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  ४ : १७ बजे