२४ घण्टायता थप १३५६ जनामा कोरोना संक्रमण, ६६ हजार नाघे संक्रमित



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय ५६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ६६ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए।

आजसम्म ४८ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । आज ८२३ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १० : ४७ बजे