कोरोना सङ्क्रमणका कारण बर्दियाका एक बृद्दको मृत्यु



बर्दियाका एक बृद्दको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा उन अको मृत्यु भएको हो।

बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं . ७ निवासी ६४ वर्षीय पुरुषको बुधबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको छ।

उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो। असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ४ : २५ बजे