डा केसी माथी भएको ब्यबहारले म लज्जित छु : गायक अमृत गुरुङ



चर्चित गायक अमृत गुरुङले डाक्टर गोबिन्द केसी माथी भएको दुर्व्यवहारले आक्रोशित र लज्जित भएको उल्लेख गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत गुरुङले भन्नुभएको छ आक्रोशको बेला एक छिन शान्त रहनु भन्छन्, त्यही गर्दैछु। म हमेसा डा केसीको साथमा छु । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बस्नु भएकाृ थियो । स्वास्थ्यमा समस्या आएपछि सोमबार जुम्लाबाट नेपालगञ्ज हुदै डा केसीलाई काठमाडौ ल्याईएको थियो । काठमाडौमा बीर अस्पतालमा लैजाने क्रममा सुरक्षाकर्मीले उहामाथी केही बल प्रयोग गरेको थियो ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ११ : १० बजे