पहिरोमा परि स्याङ्जामा दुईको मृत्यु, नौ बेपत्ता



पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परि जिल्लाको बालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिका एक एक जनाको मृत्यु भएको हो ।

कालिगण्डकी गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन् ।

पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन गरिसकेको क्षेत्रीले बताए ।

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहिबार  ३ : १७ बजे