सप्तरी । कोरोना भाइरस संक्रमणका कारण एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए ।
सत्यनायारायणलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका सत्यनारायणलाई कर्मचारीले ‘काका’ भनेर बोलाउँथे । उनको ११ दिनअघि स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।








