अछाम । प्रकाश साउदको उपचारका लागि आर्थिक अभाव हुँदा परिवारले सहयोगको अपिल गरेका छन् । मेल्लेख गाउँपालिका वडा नं ४ कुस्कोट राफाका साउदको उपचारको लागि आर्थिक अभाव हुँदा परिवारले सबैसँग सहयोगको अपिल गरेका हुन् । उनी मेल्लेख मेल्लेख गाउँपालिकाका भलिबल खेलाडीसमेत हुन् ।
फोक्सोमा भएको गम्भीर समस्याका कारण धनगढीमा उपचार सम्भव नभएपछि साउदलाई थप उपचारको निम्ति लखनउ रिफर गरिएको हो । भारतको लखनउ स्थित राजा मेडिकलमा उपचारत छन् । उनको उपचारका लागि करिब दस लाख आवश्यक परेको र आफूसँग आर्थिक अवस्था नभएकाले साउदकी आमा खन्टि साउदले सहयोगको लागि सबैलाई आग्रह गरेकी हुन् । सहयोगका लागि प्रकाश साउदकी आमा खन्टी देवी साउदको नाममा मेगा बैंकक लिमिटेड साँफेवगर शाखामा रहेको खाता नं ०३०००५१०४३०९८ र सम्पर्क नम्बर ९८४८६७८२०४, ८५४४७४५७२३ रहेको छ।








