कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त



नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइराला कोरोनामुक्त भएका छन् ।

उनको सचिवालयले जनाएअनुसार हिजोमात्रै कोइरालाको पूनः कोरोना परीक्षण गरिएको थियो ।

र, रिपोर्ट नेगेटिभ आएको थियो । कोइराला अझै एक साता घरमै आईसोलेशनमा बस्ने पनि जनाईएको छ ।

कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहिबार  १० : २० बजे