पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४ सय ९७ जना संक्रमित थपिएका छन् ।आजसम्म ५० हजार ४ सय ११ जना संक्रमणमुक्त भएका छन् ।
आज ४५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ४५७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यसैगरी हालसम्म ५० हजार ४११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
आजसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।








