कोरोना संक्रमणबाट एक महिलाको मृत्यु



धरान । कोरोना भाइरसको संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका २ की ३८ वर्षीया महिलाको निधन भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

मृतक महिला अत्याधिक ज्वरो आएपछि प्रतिष्ठान भर्ना भएकी थिइन् । उनमा कुनैपनि दीर्घरोग नभए पनि संक्रमित भएपछि मधुमेह र उच्च रक्तचाप देखिएको डा. सापकोटाले बताए ।

उनको दाहसंस्कारका लागि आवश्यक पहल भइरहेको धरान २ का वडा सदस्य धर्म तामाङले बताए।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ९ : २० बजे