देश अहिले कोरोनाविरुद्धको लडाईंमा रहेकोले अनसन फिर्ता लिन सरकारले डा । गोविन्द केसीलाई आग्रह गरेको छ । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका हुन् ।
देश असामान्य अवस्थामा रहादा अनसन गर्न उपयुक्त बेला नभएको समेत बताए ।‘असामान्य अवस्थामा अनसन बेला सुहाउँदो होइन कि ?’ मन्त्री ज्ञवालीले भने, ‘अहिले कोरोनाविरुद्ध लडौं, केही विषय भए पछि छलफल गर्न सकिन्छ ।’
डा ।केसीसँग भएका सम्झौता अनुसार सरकारले धमाधम काम गरिरहेको भन्दै कोरोनाविरुद्ध लडाईंमा साथ दिन आग्रह गरे । उनले जायज माग पूरा गर्ने र कार्यान्वयनमा समेत जान सरकार सधै जिम्मेवार बन्दै आएको दाबी गरे ।
चिकित्सा क्षेत्रको सुधारको माग राखी डा । केसी १९ औं पटकको अनसनमा छन् ।उनका माग पुरा गर्न सरकारलाई चौतर्फी दबाब बढ्दै गएको छ ।








