कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या साँढे ३ करोड नजिक



विश्वभर कोरोना भाइरस संक्रमित संख्या ३ करोड ४४ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १० लाख २७ हजार नाघेको छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ७४ लाख ९४ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ मृतक संख्या २ लाख १२ हजार नाघेको छ ।

भारतमा ६३ लाख ९१ हजार संक्रमित संख्या पुगेको छ । भारतमा मृतक संख्या एक लाख नजिक पुगेको छ ।

ब्राजिलमा ४८ लाख कोरोना संक्रमित भइसकेका छन् । त्यहाँ एक लाख ४४ हजारको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  ५ : १८ बजे