शुक्रवार कोरोना परिक्षण गराएका नेपाली कांग्रेसका नेताहरुमध्ये केहिलाई कोरोना संक्रमण भएको छ। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो।१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो ।
परिक्षण गराएका मध्ये कांग्रेस नेता अर्जुननरसिंह केसी, गगन कुमार थापालाई कोरोना संक्रमण पुष्टी भएको हो। थापाको रिपोर्टमा भने गंगा कुमार थापा लेखिएका कारण डाटामा पुन परिक्षण गर्ने काम भइरहेको कांग्रेस कार्यालय स्रोतले जनाएको छ।








